काठमाडौं /
नेपाल क्रिकेट संघ क्यानले सन २०२४ का लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
क्यानले बिहिबार किर्तिपुरस्थित टियु मैदान परिसरमा पत्रकार सम्मेलन गर्दै सन २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितलाई समेट्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । वार्षिक क्यालेन्डर अन्तर्गत उमेर समुह, सिनियर महिला तथा पुरुषको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताको मिति सहितको खेल उल्लेख गरिएको छ ।
क्यानका अनुसार घरेलु मैदानमा क्यानडासंगको खेल, नामिबिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय टी–२० शृंखला हुनेछ भने नेपाल प्रिमियर लिग मंसिरमा गर्नेगरि बार्षिक क्यालेन्डरमा समावेश गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए । उनले नेपाल ए टिम बनाउन लागेको र क्यानडाले सोहि टिमसंगै प्रशिक्षण गर्ने बताए ।
खड्काले हङ्कङमा प्रस्तावित चार देशीय खेलको प्रस्ताव आएको बताए । खड्काले क्यानले घरेलु प्रतियोगीताहरुलाई पनि प्राथमिकताका साथ राखिएको उल्लेख गरे । त्यस्तै उनले सन्दीप लामिछानेबारे कानूनी सल्लाहकारसंग छलफल भइरहेको भन्दै २५ पुसपछि मात्रै आधिकारीक धारणा सार्वजनिक गर्ने जानकारी दिए ।
उनले एशोसिएटमा नंवर १ बन्ने चूनौति रहेको र यहि प्राथमिकताका साथ क्यान अघि बढ्ने जिकिर गरे । खड्काले यसै वर्ष नेपालमा लेभल टु कोचिङ समेत हुने बताए ।