सुचना, समाचार र मनोरन्जन

पृथ्वी जयन्तीका लागि सेनाको टोलीले गोरखाबाट पदयात्रा थाल्ने

काठमाडौँ/

नेपाली सेनाले पुस २७ मा ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८० विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । यसैक्रममा पुस २१ गते गोरखा दरबारबाट पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणका क्रममा प्रयोग गरेको मार्ग हुँदै नेपाली सेनाको टोलीले पदयात्रा थाल्ने भएको छ ।

Protin

उक्त पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौँ पुगेर नगर परिक्रमा पश्चात् पुस २७ गते नेपाली सेनाको जङ्गी अकभलबड्डामा आयोजना गरिने विशेष कार्यक्रमका बिच पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा सलामी अर्पण पश्चात् समापन हुनेछ ।

पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झन्डा, नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी (श्रीनाथ, पुरानो गोरख, काली बक्स, बर्द वाणी–हाल बर्दबहादुर तथा सबुज) को झन्डा तथा दिपज्योती सहित ऐतिहासिक सैनिक पोसाक र परम्परागत बाजागाजासहित यात्रा गर्नेछन् । पृथ्वी जयन्तीकै अवसरमा पुस २७ गते नै जङ्गी अड्डामा शाहको दिव्योपदेश सम्बन्धी प्रवचन, लघु नाटक प्रदर्शन, कविता प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

यस्तै, देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाईहरूमा पनि विविध कार्यक्रमहरूको आयोजना गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने जङ्गी अड्डाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.