सुचना, समाचार र मनोरन्जन

घुस लिएको आरोपमा पक्राउ परेकी विजया लक्ष्मीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ/

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेकी असिष्टेन्ट सव–इन्जिनियरविरद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। अख्तियारले चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ वडा कार्यालयमा कार्यरत विजया लक्ष्मी पन्तविरुद्ध आरोपपत्र दायर गरेको हो ।

उनी २५ हजार घुससहित पक्राउ परेकामा सजाय र जरिवानाको मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.