सुचना, समाचार र मनोरन्जन

गाँजा खेती गर्न गण्डकी सरकारले तयार गर्यो कानूनको मस्यौदा

पोखरा ।

गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न गण्डकी सरकारले कानूनको मस्यौदा निर्माण गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा अन्तर्गत नै गाँजा खेती र घरेलु मदिराको उत्पादन तथा ब्राण्डिङका लागि मस्यौदा तयार भएको हो । मन्त्रिपरिषदबाट पास भइसकेपछि उक्त मस्यौदा संसदमा पेस हुने जनाइएको छ ।

औषधि निर्माण, अनुसन्धान तथा औद्योगिक प्रयोजनाका लागि गाँजा उत्पादन, बिक्री वितरण, प्रशोधन, भण्डारण र ओसारपसारका लागि कानून निर्माण गर्न लागिएको मुख्य न्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

प्रस्तावित मस्यौदामा एक परिवारले घरेलु प्रयोजनाका लागि बढीमा १५ बोटसम्म गाँजाको बोट उमार्न र संरक्षण गर्न अनुमति लिनुनपर्ने उल्लेख गरिएको छ । १८ वर्ष मुनिकाले गाँजा खेती गर्न पाउनेछैनन् । उत्पादन बेच्नका लागि विज्ञापन गर्न पाइदैन । अनुमति बेगर खेती गरेमा, भण्डारण र विक्री वितरण गरेमा १ वर्षसम्म कैद वा एक लाख जरिवाना वा दुवै सजाए हुने जनाइएको छ । विज्ञापन वा प्रचार गरेमा ६ महिनासम्म कैद, १ लाख जरिवाना वा दुवै सजाएँ हुनेछ ।

 

Leave A Reply

Your email address will not be published.