काठमाडौं :
बक्स अफिसमा राम्रो व्यापार गरिरहेको फिल्म ‘हनुमान’को चर्चा चुलिरहेको छ। फिल्मले राम्रो कमाई गरेपछि निर्माण टिमले अर्को फिल्मको समेत घोषणा गरिसकेको छ। विश्वभर १०० करोड भारुको आँकडा पार गरेको फिल्मको अन्तिम क्रेडिटमा निर्माताले सिक्वेल ‘जय हनुमान’ बनाउने घोषणा गरेका हुन्।
प्रशान्त वर्मा निर्देशित र तेजा सज्जा अभिनित भारतीय फिल्म ‘हनुमान’को दोस्रो भाग ‘जय हनुमान’का लागि निर्माताले साउथ सुपरस्टार रामचरणलाई फिल्ममा काम गराउन चाहेका छन्। उनले हालै उनलाई प्रस्ताव राखेका छन् । उनलाई फिल्मको मुख्य पात्र श्रीरामको भूमिका निभाउनुपर्ने भनिएको थियो।
तर निर्माताको प्रस्तावलाई अहिलेसम्म स्वीकार गरे नगरेको केहि जानकारी आएको छैन। यस विषयमा निर्माता र रामचरणको टिमबाट कुनै पुष्टि भएको समेत भएको छैन । रामचरण यसअघि सुपरहिट फिल्म ‘आरआरआर’मा रामको भुमिका निभाएका थिए।