सुचना, समाचार र मनोरन्जन

विद्यालयको छात्रावासमा आगलागी १३ जना बालबालिकाको मृत्य

हेनान :

विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु भएको छ । चीनको चीनको हेनान प्रान्तमा भएको शो घटनामा १३ बालकालिको मृत्यु भएको आधिकारिक समाचार संस्था सिन्ह्वाले पुष्टि गरेको हो।

Chaka Panja

समाचार संस्थाका अनुसार शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो । विद्यालय सञ्चालकलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

एक शिक्षकले सरकारी अखबार हेबेई डेलीलाई भने कि मृत्यु हुनेहरू सबै तेस्रो कक्षाका विद्यार्थी थिए। आगलागी हुँदा छात्रावासमा ३० जना विद्यार्थी थिए । बाँकी विद्यार्थीलाई सकुशल बाहिर निकालिएको छ ।

Leave A Reply

Your email address will not be published.