सुचना, समाचार र मनोरन्जन

नेपाली कांग्रेसको महाधिवेशनमा चार प्रतिवेदन पेस

काठमाडौँ,

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार सुरु भएको बन्द सत्रमा चार प्रतिवेदन पेस भएका छन्। सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रतिवेदन पेस गरेका हुन् ।

Chaka Panja

सभापति थापाले राजनीतिक प्रतिवेदन उपसभापति शर्माले समसामयिक प्रतिवेदन महामन्त्री गुरुराज घिमिरेले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका हुन्। यी प्रतिवेदन माथि बन्द सत्रमा छलफल भइरहेको छ।

कांग्रेसले बन्द सत्र तीन वटा हल बनाएर सञ्चालन गरिरहेको छ। तराई पहाड र हिमाल गरी ३ हलमा बन्द सत्रमा यी प्रतिवेदन माथि छलफल भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.