सुचना, समाचार र मनोरन्जन

‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’ विजेता भए आइभान, इलोना र स्मारिका

काठमाडौँ :

बालबालिकाका प्रतिभा निखार्ने एउटा पृथक कार्यक्रम ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’मा तीन विजेता छानिएका छन् । प्रतियोगीतामा जुनियर केटी, केटा र सिनयर केटी गरेर एकसाथ तीन विजेता छानिएका हुन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगीतामा जुनियर केटातर्फ आइभान श्रेष्ठ विजेता बन्दा जुनियर केटीतर्फ इलोना कार्कीले शिर्ष उपाधि चुमिन् । त्यस्तै सिनियर केटीतर्फ स्मारिका भट्टराई विजेता घोषित भइन् । शिर्ष विजेता सबैले उपाधिको साथमा बिभिन्न गिफ्ट तथा अवसर समेत पुरस्कारको रुपमा प्राप्त गरे ।

Chaka Panja

नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगीताहरु भन्दा भिन्न तवरबाट अन्तराष्ट्रिय स्तरको लाइट, स्टेज र साउन्ड सिस्टमा सहित आयोजित प्रतियोगीताको प्रत्येक शिर्षक ४ उप–विजेता समेत छानिएको थियो । जसमा जुनियर केटातर्फ आरभ अधिकारी फष्ट रनरअप, उत्सर्ग ढकाल सेकेन्ड रनरअप, श्रीजल यादव थर्ड रनरअप र सम्प्रभ जंग केसी फोर्थ रनरअफ बन्दा जुनियर केटीतर्फ निबित्सा झा फष्ट रनरअप, सिकुम सुब्बा सेकेन्ड रनरअप, अलंकृता भट्टराई थर्ड रनरअप र ओजस्वी सिल्वाल फोर्थ रनरअफ भए ।

यस्तै सिनियर केटीतर्फ भने एन्जल गहतराज फष्ट रनरअप, सानभी बिष्ट सेकेन्ड रनरअप र कृषु भण्डारी थर्ड रनरअप चुँनिए । सम्पुर्ण देवापाटे (शिक्षा विद्), रोजिना पौडेल (को–अडिनेटर मात्रृभुमी स्कुल), आषिश थापा (निर्देशक–आरए इभेन्ट म्यानेजमेन्ट), सम्झना गिरी (फाउन्डर प्रिन्सिपल–युरो स्कुल भत्तपुर), ईश्वर हमाल (को–अटिनेटर ज्ञानोदय बालबाटिका), मिलन केसी लोप्चन (प्रिन्सिफल अक्सरा स्कुल), फरिदा बानु अहमद (एक्टिभ इन्चार्ज तथा को–अडिनेटर मोर्डन इन्डियन स्कुल), निलिमा मास्के श्रेष्ठ (गीतकार, कवि, प्रिन्सिपल ब्युटिफुल माडन्स) लगायत निर्णायक रहेको प्रतियोगीता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो । प्रतियोगीताको कोरियोग्राफी अन्तराष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए ।

बिभिन्न आकर्षक शैलीमा बालबालिकाको स्टेज प्रस्तुति सहित आयोजित प्रतियोगीता बालबालिकालाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले जानकारी दिए । प्रतियोगीको ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन्। बुद्धिजीवी, सेलिब्रेटी, उपत्यकाका बिभिन्न स्कुलका प्रिन्सिपल बिद्यार्थी लगायतको सहभागीता रहेको कार्यक्रमबाट आफुले भरपुर मनोरञ्जन प्राप्त गरेको र कार्यक्रम अन्तराष्ट्रिय स्टरको रहेको सहभागीले बताए ।

Leave A Reply

Your email address will not be published.