सुचना, समाचार र मनोरन्जन
Sarangi

‘एैँचो पैँचो’की निर्देशक चौलागाईंले ‘पिताम्बर’ निर्माण गर्ने

काठमाडौ  :

सामाजिक कथावस्तुमा फिल्म ‘एैँचो पैँचो’ निर्माण गरेकी निर्देशक कृषा चौलागाईंले अर्को फिल्मको घोषणा गरेकी छन्। उनले नयाँ फिल्मको नाम ‘पिताम्बर’ राखेकी छन्।

सामाजिक कथावस्तु र राजनितिले नेपाली समाजमा पारेको असरलाई ‘ऐँचो पैँचो’मा प्रस्तुत गरेकी कृषाले नयाँ फिल्मको कथावस्तु र कलाकारको बारेमा जानकारी दिएकी छैनन्। उनले यसलाई गोप्य राखेकी छन्। उनले कलाकारको नाम सार्वजनिक नगरेता पनि उनको यो फिल्ममा अभिनेता प्रदीप खड्काले काम गर्ने बुझिएको छ। यस अघि उनले फिल्ममा प्रमोद अग्रहरी र कामेश्वर चौरासिया फाइनल गरिसकेकी छन्।

फिल्मकालागि उनको निर्माण टिम यतिबेला लोकेशन हेर्न काठमाडौं बाहिरको दौडधुपमा लागेको छ । यहि महिनाको अन्तिमबाट छायांकन निस्किने योजनामा रहेकी निर्देशक चौलागाई फिल्मको छायांकन दुई चरणमा गर्दैछिन्। उनका अनुसार पहिलो चरणमा माघमा र अर्को वैशाखमा हुनेछ। फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् भने छायांकनमा पुरुषोत्तम प्रधानको हुनेछ।

Leave A Reply

Your email address will not be published.