Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मिर्गौला पीडितलाई मिस नेपाल आश्मा, नीति र त्रिसराको ३ लाख सहयोग
- जुनियर सुपरमोडेल इन्टरनेशनल नेपालको ग्रान्ड फिनाले तथा सम्मान एवं अवार्ड कार्यक्रम सम्पन्न
- नाटक ‘वीर गणेशमान’को प्रिमियर सम्पन्न, प्रजातन्त्रको मूल्य बुझ्न युवा पुस्ताले हेर्नैपर्ने गणेशमानका छोरा प्रकाशमान सिंहको जोड
- रेखाको ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित, तिहारलाई सर्यो
- रेवान पोखराद्वारा ठूलाखेतमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ५० जना लाभान्वित
- कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन
- पोउवा संघमा उत्तममान बुद्धाचार्यको स्वतन्त्र उम्मेदवारी, ‘विधानअनुसार संघ चलाउँछु’
- ‘सफलमै छ असली स्वाद’ अभियानलाई थप प्रभावकारी बनाउँदै सुजल डेरी
- बाढीपीडितको साथमा जय श्री फुड्सः २५ लाख नगद र ५ हजार प्याकेट चिउरा सहयोग
- माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’
चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्यो
काठमाडौँ,
चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो ।
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो ।
नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ ९ख० थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी बाटो खुलेको थियो ।
यसअघि विधायन ऐन, २०८१ को दफा ३५ का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वतः अमान्य ९खारेज० हुँदा कानुनी रिक्तता भएको थियो ।
उक्त समस्या समाधानका लागि असार १ गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो । कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निःशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह ९डिएम, एमसिएचसमेत०मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गराउने बाटो खुलेको छ ।
यस कार्यविधिले आयोगको तर्फबाट चिकित्साशास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा ९स्नातकोत्तर तह डिएम, एमसिएचसमेत०मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गर्ने बाटो खुलेको छ ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको सहअध्यक्षता तथा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।
Prev Post