सुचना, समाचार र मनोरन्जन
Sarangi

मनाङमा धिरज मगर र उपासनाको ‘खुस्मा’ धमाधम खिचिदै, दोश्रो सेड्यूल पूर्वी रुकुम

काठमाडौं : 

धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को पहिलो सेड्यूलको छायाँकन सुरु भएको छ। माघ १० गतेबाट हिमाली जिल्लामा मनाङको विभिन्न स्थानमा सुटिङ थालेको हो।

निर्माण पक्षका अनुसार हिउँका दृश्यहरु फिल्मको महत्वपूर्ण अंग भएकाले मनाङमा छायाँकनका लागि पुगेको हो। अशोक थापा मगरले निर्देशन गरिरहेका फिल्मको मनाङमा आफ्नो १० दिने सुटिङ तालिका सकेर युनिट बाँकी छायाँकनका लागि पूर्वी रुकुम जाने तयारीमा छ ।
ॐएम मिडिया प्रा.लि.को प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकीको लगानी छन् ।
फिल्ममा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगर लगायतको अभिनय रहनेछ । ‘खुस्मा’मा एस डी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत दिनेछन् भने दिपक बज्राचार्य छायाँकार रहनेछन् । प्रेम कथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ ।

Leave A Reply

Your email address will not be published.