सुचना, समाचार र मनोरन्जन

निरुता र उत्तमको अभिनय रहेको ‘सारथी’को गीत सार्वजनिक

काठमाडौँ :

आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सारथी’को गीत ‘मयाली’ सार्वजनिक भएको छ। निर्माण टिमले म्युजिक नेपालको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।

प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको गीतमा प्रशान्तकै शब्द तथा संगीत छ। प्रेमकथामा आधारित गीतको भिडियोमा फिल्मका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशी रोमान्टिक नृत्यमा प्रस्तुत भएका छन्। भिडियोको निर्देशन कविराज गहतराजले गरेका हुन् भने छायांकन गोपाल रायाको छ।

गीतमा बाँसुरी रत्न बिक, सारंगी मनीष गन्धर्व, मादल पोषण मगर र गितार पुरस्कार खड्काले बजाएका छन्। विशम आचार्यले संगीत उत्पादन गरेको गीतको मिक्सिङ तथा मास्टरिङ समिक (साउन्ड को मुम्बई) ले गरेका हुन्। कुमार गजुरेलको निर्देशनमा बनेको फिल्ममा कथा, पटकथा तथा संवाद पनि निर्देशक गजुरेलकै रहेको छ।

Pach Pandav

फिल्ममा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय छ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्।रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन्। अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सहनिर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन्।

संकल्प भुजेलको छायांकन रहेको फिल्मलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन्। राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशक छन्। बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.