सुचना, समाचार र मनोरन्जन

एक्सन फिल्ममार्फत ५ वर्षपछि कमब्याक गर्दै सलिमान

काठमाडौं :

अभिनेता सलिनमान बनियाँले फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि पर्दामा कमब्याक गर्ने भएका छन्। मंगलबार सलिनको मुख्य भुमिका रहने फिल्म ‘युओजी (युनिभर्सिटी अफ गुण्डाज)’निर्माणको घोषणा गरिएको हो।

फिल्मको सार्वजनिक थिम पोस्टरमा अभिनेता सलिन र सलोन बसनेतलाई एक्सन मुडमा देख्न सकिन्छ । पोस्टरमा पृष्ठभूमिमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ । सार्वजनिक पोस्टरले फिल्ममा विश्वविद्यालयमा हुने गुण्डाराजलाई उठाएको बुझ्न सकिन्छ।फिल्मको मुख्य भुमिकामा अभिनेता सलोन बस्नेत पनि अनुबन्धित भैसकेका छन् । यो फिल्म सलोनको होम प्रोडक्सन सलोन सलिना फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुनेछ । सलोन र सलिनमानले ए मेरो हजुर २’ र ‘यात्रा’ पछि तेस्रो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् ।

फिल्म आगामी बैशाख वा जेष्ठबाट फ्लोरमा जानेछ । फिल्मको बजेट ४ करोड रहेको निर्माण टिमले जानकारी दिएको छ । फिल्मको निर्देशक, प्राविधिक लगायतको जानकारी विस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माण टिमको छ । पूर्ण रुपमा एक्सन जनरामा निर्माण हुने फिल्मका लागि यतिबेला सलिन र सलोन ज्यान बनाउन वर्कआउट गरिरहेका छन्। फिल्मको निर्माण टिमले अझै दुई अभिनेता र दुई अभिनेत्री छनोटको चरणमा छन् ।

Leave A Reply

Your email address will not be published.