सुचना, समाचार र मनोरन्जन

छोरीको आमा बनेकी रेखालाई अधिकांशको बधाई र शुभकामना

काठमाडौं :

अभिनेत्री रेखा थापाले शुक्रबार बिहान अमेरिकाको कोलोराडो शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएकी छन्। अस्पतालको शैय्यामा छोरीलाई छातीमा टाँसेर श्रीमान् बलराम शाही ठकुरीसँगको केही तस्वीर सामाजिक सञ्जालमा सेयर गरेपछि उनलाई बधाई दिनेको आइरो छ। रेखाले आफू आमा बनेको जानकारी गराएकी हुन्।

Pach Pandav

उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । अहिले उनलाई सामाजिक सञ्जालमार्फत बधाई दिदै उनका फ्यानहरुले शुभकामना दिइरहेका छन्। रेखाले लेखेकी छन्, ‘हेर आकाशमा कालो बादल वरिपरि चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान् कारण छ ।’

डाक्टरले दिएको डेट भन्दा एक हप्ता अगावै उनले छोरीलाई जन्मदिए हुन्। उनको एक साथ अर्को खुशीको खबर छ। उनी अभिनीत पछिल्लो फिल्म ‘उपहार’ यही फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । यसअर्थ पनि फागुन महिना उनका लागि विशेष देखिएको छ । २०७८ सालको माघ अन्तिममा रेखाले शाहीसँग कानुनी विवाह गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.