Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- अन्तर्राष्ट्रिय कच्चा तेल महँगिँदा श्रीलङ्काले बढायो पेट्रोल र डिजेलको मूल्य
- प्याकेजमा समेटिदै पोखरादेखि मुक्तिनाथसम्मका पर्यटकीय गन्तव्य
- जेलेन्स्कीले खाडी राष्ट्रहरूलाई ड्रोन खसाल्ने अनुभव बाँड्ने
- रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार
- समानुपातिक मतगणनाको अन्तिम नतिजा आज सार्वजनिक हुने
- २३ दिनमै नीर शाहले गरे ‘कमला मिस’को सुटिङ,हलमा कहिले चल्ला?
- धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट
- सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर
- फुटपाथको नियम सबैलाई लाग्ने भन्दै व्यवसायीमार्फत किताब बेच्न पोखराका मेयरको पुनलाई सुझाव
- मादीमा मत्स्य संरक्षण परियोजना कार्यान्वयन
फिल्म ‘काँडेतार को रत्नपार्कमा हस्ताक्षर संकलन कार्यक्रम
काठमाडौं :
फिल्म ‘काँडेतार को समूहले देशभरको सिमानामा काँडेतारलगाउनु पर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ। फिल्मका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा उक्त हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो।
आफूले फिल्म ‘काँडेतार को विशेष शो गर्दा देशभरमा विभिन्न स्थानमा हस्ताक्षर अभियान सन्चालन गरेको र आज थप संकलन गगरिएको बताएका छन् ।उनले संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिए। यस्तै, खड्काले निर्देशन गरेको फिल्म ‘काँडेतार आगामी फागुन २५ बाट रिलिज हुने तयारीमा रहेको छ।
राष्ट्रिय भावनामा आधारित यो फिल्म भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ। नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गरेको छ। फिल्ममा नवल अलावा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय रहेको छ।
सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन्। मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन्। फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ। नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई नादिया खड्का र सनया खड्का हुन् ।
