पोखरा /
साउण्ड सिस्टम व्यवसायीले गायिका एलिना चौहानले गल्ती स्वीकार गरी माफी नमागेसम्म उनी सहभागी कुनै पनि साङ्गीतिक कार्यक्रम र स्थलमा साउण्ड सिस्टम उपलब्ध नगराउने एवम् बहिष्कार गर्ने घोषणा गरेका छन् ।
गायिका एलिना चौहानको अमर्यादित व्यवहारप्रति आधा दर्जन साउण्ड सिस्टम व्यवसायीले आपत्ति जनाउँदै शनिबार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेका छन् । जि.के. साउण्ड सिस्टमका गमबहादुर क्षेत्री, एस.के. साउण्ड लाइट एण्ड म्युजिक स्टोर्सका शेरबहादुर गुरुङ, साउण्ड गार्डेनका प्रकाश श्रेष्ठ, मञ्जित साउण्ड सिस्टमका मञ्जित जैसवाल, जोजिजू म्युजिक एण्ड साउण्ड सिस्टम सर्भिसका विनित जोजिजू र एविस साउण्ड सिस्टमका एविस गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा पर्वतको कुश्मामा आयोजित मगर महोत्सवमा फागनु २० गते गायिका एलिना चौहानले साउण्ड सिस्टम व्यवसायी, इन्जिनियर र साउण्ड टेक्निसियनलाई तथानाम गाली गर्दै अमर्यादित र अभद्र व्यवहार गरेको भन्दै खेद व्यक्त गरेका छन् ।
व्यवसायीद्वारा जारी विज्ञप्तिमा बिगत लामो समयदेखि राज्यको सम्पूर्ण नीति नियमभित्र रहेर आफनै देशमा लगानी गरी साउण्ड सिस्टमको व्यवसाय सञ्चालन गरिरहेका हामी व्यवसायीहरू र त्यसमा आवद्ध साउण्ड इन्जिनियर, टेक्निसियनमाथि एलिना चौहानले गरेको दुव्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन् ।
हामी कलाकारलाई राष्ट्रको गहनाका रूपमा इज्जत गर्नुपर्छ भन्ने मान्यतामा विश्वस्त छौँ । तर त्यही साउण्ड सिस्टम र स्पिकरलाई दोष दिई साउण्ड इन्जिनियरलाई गालीगलौज गर्ने जस्ता अभद्र व्यवहार गायिका एलिना चौहानले गरेको हुँदा हामी सम्पूर्ण साउण्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरू निन्दनीय व्यवहारको घोर भत्र्सना एवम् विरोध गर्छौँ । चौहानले कुश्मामा सञ्चालित कार्यक्रममा मात्रै होइन यस अघि पनि मञ्चमा थुप्रै पटक साउण्ड सिस्टमलाई सराप्ने र टेक्निसियनलाई गाली बेइज्जती गर्ने हर्कत गरिसकेकी छन् ।
विज्ञप्तिमा भनिएको छ, साउण्ड सिस्टम कम्पनी र कलाकारहरूबिच आपसी परिपूरक सम्बन्ध हुन्छ, हामी स्पिकर र एमप्लिफायरलाई पूजा गर्छौ, यसैको माध्यमबाट कलाकारको कर्णप्रिय आवाज दर्शक÷स्रोता कानसम्म पुग्छ । हामी कलाकारलाई राष्ट्रको गहनाका रूपमा इज्जत गर्नुपर्छ भन्ने मान्यतामा विश्वस्त छौँ । तर त्यही साउण्ड सिस्टम र स्पिकरलाई दोष दिई साउण्ड इन्जिनियरलाई गालीगलौज गर्ने जस्ता अभद्र व्यवहार गायिका एलिना चौहानले गरेको हुँदा हामी सम्पूर्ण साउण्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरू निन्दनीय व्यवहारको घोर भत्र्सना एवम् विरोध गर्छौँ । चौहानले कुश्मामा सञ्चालित कार्यक्रममा मात्रै होइन यस अघि पनि मञ्चमा थुप्रै पटक साउण्ड सिस्टमलाई सराप्ने र टेक्निसियनलाई गाली बेइज्जती गर्ने हर्कत गरिसकेकी छन् । जुन कार्यक्रममा गए पनि उनले ‘साउण्ड मिलेन’ भन्ने बानी नै परिसकेको छ । आफू चर्चित गायिका बनिसकेको आत्मरति र घमण्डले एलिनालाई नोक्सानी नहोस् भन्नेतर्फ पनि हामी सचेत छौँ ।
अनुशासन र आचार संहिता सबैका लागि हो । कलाकार राष्ट्रका पुँजी र परिवर्तनका लागि चेतनाको चिराग हुन् भन्ने सत्यलाई आत्मसात गर्छौ । यद्यपि कलाकारले पनि आफ्नो इज्जत, प्रतिष्ठा र गरिमालाई कायम राख्न टेक्निसियनसँग सद्भावपूर्ण व्यवहारको आवश्यकता अपरिहार्य छ । ‘नाँच्न नजान्ने अनि आँगन नै टेडो रहेछ’ भनेर खोट लगाउने सनातन संस्कारको धङधङ्गीबाट माथि उठ्नुपर्छ । आफ्नो गायन प्रस्तुति स्वरका कारण फितलो र फिक्का भएपछि आयोजकले तय गरेको ‘साउण्ड सिस्टम’ लाई दोष दिएर प्रस्तुति दिदाँदिदै झन्कने, रिसाउने, धुर्की लाउने, अपशब्द प्रयोग गर्ने र मपाइत्व देखाउने जस्ता क्रियाकलापले हामीलाई व्यवसायी र टेक्निसियनलाई गम्भीर आघात पर्नुका साथै अपमानबोध भएको हुँदा भावी दिनमा यसप्रकारका हर्कत नगर्न गायिका एलिना चौहानलाई सचेत गराउँछौँ ।
निज एलिना चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म हामी साउण्ड सिस्टम कम्पनी सञ्चालक, साउण्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगमी दिनमा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणाको जानकारी समेत गराउँछौँ । योे प्रकरणमा मुलुकभरिका साउण्ड कम्पनीहरूलाई ऐक्यवद्धता जनाउन अपिल गरिएको छ ।
साउण्ड सिस्टम व्यवसायीद्वारा जारी गरिएको विज्ञप्तिको पूर्ण पाठ:
विज्ञप्ति…
गायिका एलिना चौहानको अमर्यादित व्यवहारप्रति साउण्ड सिस्टम व्यवसायीको आपत्ति:
बिगत लामो समयदेखि राज्यको सम्पूर्ण नीति नियमभित्र रहेर आफनै देशमा लगानी गरी साउण्ड सिस्टमको व्यवसाय सञ्चालन गरिरहेका हामी व्यवसायीहरू र त्यसमा आवद्ध साउण्ड इन्जिनियर, टेक्निसियनमाथि यही फागुन २० गते आइतबार पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका एलिना चौहानले गरेको अमर्यादित र अभद्र व्यवहारले ध्यानाकर्षण भएको हुँदा खेद व्यक्त गर्दछौँ ।
साउण्ड सिस्टम कम्पनी र कलाकारहरूबिच आपसी परिपूरक सम्बन्ध हुन्छ, हामी स्पिकर र एमप्लिफायरलाई पूजा गर्छौ, यसैको माध्यमबाट कलाकारको कर्णप्रिय आवाज दर्शक÷स्रोता कानसम्म पुग्छ । हामी कलाकारलाई राष्ट्रको गहनाका रूपमा इज्जत गर्नुपर्छ भन्ने मान्यतामा विश्वस्त छौँ । तर त्यही साउण्ड सिस्टम र स्पिकरलाई दोष दिई साउण्ड इन्जिनियरलाई गालीगलौज गर्ने जस्ता अभद्र व्यवहार गायिका एलिना चौहानले गरेको हुँदा हामी सम्पूर्ण साउण्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरू निन्दनीय व्यवहारको घोर भत्र्सना एवम् विरोध गर्छौँ । चौहानले कुश्मामा सञ्चालित कार्यक्रममा मात्रै होइन यस अघि पनि मञ्चमा थुप्रै पटक साउण्ड सिस्टमलाई सराप्ने र टेक्निसियनलाई गाली बेइज्जती गर्ने हर्कत गरिसकेकी छन् । जुन कार्यक्रममा गए पनि उनले ‘साउण्ड मिलेन’ भन्ने बानी नै परिसकेको छ । आफू चर्चित गायिका बनिसकेको आत्मरति र घमण्डले एलिनालाई नोक्सानी नहोस् भन्नेतर्फ पनि हामी सचेत छौँ ।
अनुशासन र आचार संहिता सबैका लागि हो । कलाकार राष्ट्रका पुँजी र परिवर्तनका लागि चेतनाको चिराग हुन् भन्ने सत्यलाई आत्मसात गर्छौ । यद्यपि कलाकारले पनि आफ्नो इज्जत, प्रतिष्ठा र गरिमालाई कायम राख्न टेक्निसियनसँग सद्भावपूर्ण व्यवहारको आवश्यकता अपरिहार्य छ । ‘नाँच्न नजान्ने अनि आँगन नै टेडो रहेछ’ भनेर खोट लगाउने सनातन संस्कारको धङधङ्गीबाट माथि उठ्नुपर्छ । आफ्नो गायन प्रस्तुति स्वरका कारण फितलो र फिक्का भएपछि आयोजकले तय गरेको ‘साउण्ड सिस्टम’ लाई दोष दिएर प्रस्तुति दिदाँदिदै झन्कने, रिसाउने, धुर्की लाउने, अपशब्द प्रयोग गर्ने र मपाइत्व देखाउने जस्ता क्रियाकलापले हामीलाई व्यवसायी र टेक्निसियनलाई गम्भीर आघात पर्नुका साथै अपमानबोध भएको हुँदा भावी दिनमा यसप्रकारका हर्कत नगर्न गायिका एलिना चौहानलाई सचेत गराउँछौँ ।
निज एलिना चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म तल उल्लेखित साउण्ड सिस्टम कम्पनी सञ्चालक, साउण्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगमी दिनमा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणाको जानकारी समेत गराउँछौँ । योे प्रकरणमा मुलुकभरिका साउण्ड कम्पनीहरूलाई ऐक्यवद्धता जनाउन अपिल गर्दै सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीज्यूहरूलाई समाचार सम्प्रेषणका लागि हार्दिक अनुरोध गर्दछौँ ।
आपत्ति जनाउने संस्थाहरू: सञ्चालक हस्ताक्षर:
१. जि. के. साउण्ड सिस्टम: गमबहादुर क्षेत्री
२. एस. के. साउण्ड लाइट एण्ड म्युजिक स्टोर्स: शेरबहादुर गुरुङ
३. साउण्ड गार्डेन: प्रकाश श्रेष्ठ .
४. मञ्जित साउण्ड सिस्टम: मञ्जित जैसवाल
५. जोजिजू म्युजिक एण्ड साउण्ड सिस्टम सर्भिस: विनित जोजिजू
६. एविज साउण्ड सिस्टम: एविज गुरुङ
मिति: २०८० फाल्गुण २६ गते शनिबार