सुचना, समाचार र मनोरन्जन

फागुन ३० गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

शनिबार बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका थिए।

काठमाडौं /

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्। शनिबार बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका थिए।

उनले सरकारले विश्वासको मत लिने विषयमा सहयात्री दलसँग छलफल गरेर आवश्यक निर्णय लिइने पनि बताएका थिए। कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो।

कांग्रेसले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। संविधानबमोजिम सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ।

यसअनुसार उहाँले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने छ। संविधानअनुसार दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने भए पनि प्रधानमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

एमालेको समर्थनमा २०७९ मा १० पुसमा दाहाल तेस्रो पटक प्रधानमन्त्री बनेका थिए। यही कार्यकालमा उनले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो। चुनावमा कांग्रेससँग गठबन्धन बनाएर पनि एमालेलगायत दलहरूको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका थिए।

दाहालले २६ पुसमा ९८ प्रतिशत बढी सांसदको समर्थन पाएका थिए। कांग्रेसले पनि विश्वासको मत दिएको थियो। पहिलो पटक कांग्रेससहित २६८ सांसदको समर्थन पाउँदा दोस्रो पटक चैत ६ मा भने प्रधानमन्त्री दाहालले १७२ सांसदको समर्थन पाएका थिए।

राष्ट्रपति कांग्रेसको भागमा परेपछि एमाले सरकारबाट बाहिरिएको थियो। अहिले फेरि एमालेले उनलाई विश्वासको मत दिँदै छ।

Leave A Reply

Your email address will not be published.