सुचना, समाचार र मनोरन्जन

सागर लम्साल ‘बले’ को अन्तिम फिल्म बन्दै ‘डल्लेले इन्ट्रि मार्यो’

काठमाडौं,

नेपाली हास्य क्षेत्रमा ‘बले’ नामले परिचित कलाकार सागर लम्सालले फिल्म अभिनयबाट बिदा लिने भएका छन्। उनको प्रमुख भूमिका रहेको फिल्म ‘डल्लेले इन्ट्रि मार्यो’ नै उनको अन्तिम फिल्म हुने निर्देशक राजु गिरीले पुष्टि गरेका छन्।

फिल्मको दोस्रो पोस्टर सार्वजनिक भएसँगै बलेको फिल्मी यात्राबारे चर्चा सुरु भएको हो। यसअघि सार्वजनिक पहिलो पोस्टरमा सागर लम्साल एक्लै देखिएका थिए भने दोस्रो पोस्टरमा उनीसँगै रविन्द्र झा, रमेश बुढाथोकी, रोसनी खड्कालगायत कलाकारलाई समेटिएको छ।

निर्देशक गिरीका अनुसार सागरले अब फिल्ममा अभिनय नगर्ने निर्णय गरेका छन्। यद्यपि, उनी आफ्नै होम प्रोडक्सनका म्युजिक भिडियोमा भने देखिनेछन्। साथै, उनले आफ्नो व्यवसायलाई अघि बढाउने योजना बनाएका छन्।

Chaka Panja

फिल्मबाट टाढिने निर्णय गरे पनि सागरले ‘डल्लेले इन्ट्रि मार्यो’ को प्रचारप्रसारमा भने पूर्ण साथ दिने प्रतिबद्धता जनाएका छन्। प्रचार अभियानदेखि हल भ्रमणसम्म सहभागी हुने उनको भनाइ छ।

टेलिभिजनका हास्य कार्यक्रममार्फत दर्शकमाझ लोकप्रिय बनेका सागरले आफ्नो हास्य अभिनयबाट छुट्टै पहिचान बनाएका छन्। उनको फिल्मी यात्राको अन्तिम कडी बन्न लागेको ‘डल्लेले इन्ट्रि मार्यो’ लाई लिएर दर्शकमाझ चासो बढेको छ।

राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘डल्लेले इन्ट्रि मार्यो’ आगामी कात्तिक २० गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ

Leave A Reply

Your email address will not be published.