सुचना, समाचार र मनोरन्जन

तीन दिनमा ४ करोडमाथि कमाई गरेको ‘महाजात्रा’लाई क्यूएफएक्स गर्यो सुपरहिट घोषणा

काठमाडौं :

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’लाई क्यूएफएक्स सिनेमाज्ले सुपरहिट घोषणा गरेको छ। तीन दिनमा ४ करोडमाथि कमाई गरेको फिल्मलाई क्यूएफएक्सको वेबसाइटमा ‘सुपरहिट’ फिल्म घोषणा गरेको छ। सम्भवतः यो पहिलोपटक हलले नेपाली फिल्मलाई यसरी ‘सुपरहिट’को घोषणा गरेको हो।

फिल्मले बलियो ‘वर्ड अफ माउथ’का कारण हलमा आफ्नो दबदबा कायम राखेको अवस्था छ। यो फिल्म भोलिबाट दोस्रो हप्तामा प्रदर्शन हुँदैछ। राम्रो कमाई गर्ने फिल्ममा यस अघि ‘जारी’ रहेको छ। जसले १७ करोडको व्यापार गरेको थियो भने ‘पशुपति प्रसाद २:भष्मे डन’ र ‘दिमाग खराब’को कमाई ९ करोड हाराहारी रहेको अनुमान गरिएको छ। यस फिल्मको बक्स अफिस रिपोर्ट बाहिरिएको भने छैन।

Leave A Reply

Your email address will not be published.