सुचना, समाचार र मनोरन्जन

फिल्म ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टरमा अटाइन् गरिमा शर्मा

काठमाडौं :

फिल्म ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरेको हो। उक्त पोस्टरमा फिल्ममा मुख्य कलाकार साम्राज्ञी आरएल शाह र निश्चल खड्काको तथा कवीर खड्का र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

अघिल्ले पटकको रोमान्टिक पोस्टरमा साम्राज्ञी आरएल शाह र निश्चल खड्का फिचर्ड गरिएको थियो। यस पटक भने थप दुई कलाकारलाई स्थान दिइएको छ। पहिलो उक्त पोस्टरले सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण टिमले दोस्रो पोस्टर सार्वजनिक गरेको हो।

घनश्याम लामिछाने निर्देशित यो फिल्मलाई आगामी ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज तोकिएको छ। फिल्ममा साम्राज्ञी, निश्चल, कविर र गरिमामा अलवा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गर्दैछन् । यस फिल्मले ट्राभल लभस्टोरीको कथालाई पेस गर्ने निर्देशक लामिछाने बताउँछन्। फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् भने फिल्मलाई अमित बस्नेत,आरोन बस्नेत, एरियाना बस्नेत तथा परी रानाले लगानी गरेका हुन्।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत रहेको यस फिल्ममा सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर रहेको छ। फिल्मका पोस्टर डिजाइनर बिजय वस्याल हुन् भने मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.