सुचना, समाचार र मनोरन्जन

बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभलमा छनोट भयो ‘गाँउ आएको बाटो’

काठमाडौं :

नविन सुब्बाको निर्देशनमा बनेको फिल्म ‘गाँउ आएको बाटो’ विभिन्न अन्तर्राष्ट्रिय सिने महोत्सव पुग्ने क्रम जारी रहेको छ। केहि देशको फेस्टिभलमा सहभागी भएको यो फिल्म छिमेकी राष्ट्र चीनको १२ औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल’मा समेत छनौटमा परेको छ।
निर्माण टिमले फिल्म ‘गाउँ आएको बाटो’उक्त फेस्टिभलमा छनोट भएको जानकारी दिएको छ।

यस अघि टोरोन्टो इन्टरनेश्नल फिल्म फेस्टिवलमा विश्व प्रिमियर भएको थियो। साथै ‘४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव–२०२४’ स्वीडेनमा समेत छनौटमा परेको थियो। ‘वुसान अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’मा एशियन प्रिमियर र मामी मुम्बईमा साउथ एशियन प्रिमियर भइसकेको छ।

यो फिल्मले राई जातिको सामाजिक पृष्ठभूमिमा गाँउमा सडक पुगेपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई सिनेमाले प्रस्तुत गर्नेछ। सामुदायिक लगानीको अवधारणामा निर्माण भएको ‘गाउँ आएको बाटो’मा देशभित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामुहिक लगानी गरेका छन् ।

छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आगामी वर्ष जेठ १८ गते रिलिज हुनेछ। ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई तथा प्रसन राई प्रमुख भूमिकामा रहेका छन्। यस्तै सिनेमामा केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ। नेपालमा बाँसुरी फिल्मस्ले नेपाल रिलिजमा संयोजन गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.