सुचना, समाचार र मनोरन्जन
Sarangi

संवैधानिक परिषद्को बैठक जारी

काठमाडौं /

आज संवैधानिक परिषदको बैठक सुरू भएको छ। बैठकमा केही संवैधानिक परिषदका पदाधिकारी नियुक्तिको सम्भावना रहेको छ। यही विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले शनिबार नेकपा {एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

नयाँ सत्ता समीकरण बनेपछि पहिलोपटक बस्न लागेको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने तयारी रहेको छ।

प्रधानमन्त्री परिषद्को अध्यक्ष हुने व्यवस्था छ। सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन्।

परिषद्‌मा अध्यक्ष प्रचण्ड, सदस्यहरुमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल ,उप-सभामुख इन्दिरा राना छन्। विपक्षी दलका नेता शेरबहादुर देउवा रहेका छन्।

Leave A Reply

Your email address will not be published.