सुचना, समाचार र मनोरन्जन

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प

एजेन्सी /

ताइवानमा शक्तशाली भूकम्प गएको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका ताइवानको पूर्वी तटीय ह्वालियन सिटीबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु बनाएर ७.४ म्याग्नेच्युडको भूकम्प गएको हो।

Pach Pandav

यसलाई ताइवानमा २५ वर्षयताकै ठूलो भूकम्प भनिएको छ। अहिलेपनि पराकम्पहरू गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। सबैभन्दा ठूलो पराकम्प ६.४ म्याग्नेच्युड मापन गरिएको छ।

अहिलेसम्म मानिसहरूको मृत्यु भएको रिपोर्ट नआएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। तर घरहरूमा मानिसहरू च्यापिएको हुनसक्ने बताइएको छ। भूकम्पका कारण राजधानी ताइपेइमा समेत विद्युत आपूर्ति अवरूद्ध भएको छ।

त्यस्तै छिमेकी मुलुकहरू जापान र फिलिपिन्समा भूकम्पको चेतावनी दिइएको छ।

Leave A Reply

Your email address will not be published.