सुचना, समाचार र मनोरन्जन

फिल्म ‘रुमानी रंग’मा कस्तो ड्रेस लाउँदैछन् त धिरज र साम्राज्ञी

काठमाडौं :

आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यनरत सिनिअर डिजाइनरहरुले निर्माणाधिन नेपाली फिल्म ‘रुमानी रंग’का लागि ड्रेस डिजाइन गर्ने भएका छन् । यो फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको अभिनय रहेको छ।

उक्त फिल्मका तीन गीतका अलावा मुख्य दृश्यका लागि आईआईएफटीमा अध्यनरत २० जना बिद्यार्थीले ड्रेस तयार गर्ने सम्झौता भएको छ।ड्रेस डिजाइनमा सहकार्य गर्नेबारे प्रोडक्सन कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन डेपुटी जेनेरल म्यानेगर अन्जली महर्जनले जानकारी दिइन्।

सम्झौता पत्रमा आईआईएफटीका तर्फबाट डेपुटी जेनेरल म्यानेगर अन्जली महर्जन र शिक्षा बिभाग प्रमुख उत्कृष्टबिक्रम खड्का तथा ग्लोबल मिडियाको तर्फबाट प्रमुख निर्माता हरि मल्ल र प्रस्तुतकर्ता जीएम ठकुरीले हस्ताक्षर गरेका छन् ।

आईआईएफटीका फेसन डिजाइनरहरुले मुख्य कलाकारका अलावा निर्माता, निर्देशक तथा नृत्य निर्देशकसँग पनि फिल्ममा उपयोग हुने डिजाइनबारे छलफल गरेका थिए । यस फिल्मलाई अनिल योञ्जनले निर्देशन गर्दैछन् । उक्त फिल्मको ९० प्रतिशत छायाँकन अस्ट्रेलियामा बताइएको छ ।

Leave A Reply

Your email address will not be published.