सुचना, समाचार र मनोरन्जन
Sarangi

‘सफलताको कथा’ लाई टेलिभिजनमार्फत ल्याउदै राजेश हमाल

काठमाडौँ :

अभिनेता राजेश हमालले टेलिभिजन शो ‘सफलताको कथा’ नयाँ वर्षको अवसर पारेर सुरु हुने भएको छ। एनले बैशाख १ गतेबाट नेपाल टेलिभिजन र डिजिटल ओएसआर रियालिटी मार्फत प्रशारणमा आउने भएको हो।

शुक्रबार राजधानी काठमाडौँमा एक कार्यक्रमकाबीच उक्त शोको घोषणा गर्दै कार्यक्रमका बारेमा जानकारी दिइयो। समृद्धि ईन्टरटेन्टमेन्टले निर्माण गरेको कार्यक्रम हाल १९ भाग सम्म तयार गरिएको र सय भाग सम्मको निर्माण गर्ने लक्ष्य रहेको कार्यक्रमका निर्माता तथा निर्देशक सुमन अधिकारीले बताए।

कर्मठ हातको कथा,रगत पसिनाको कथा कार्यक्रम ‘सफलताको कथा’ को १८ भाग अमेरिकामा रहेका विभिन्न क्षेत्रका व्यक्तित्व र क्यानाडामा रहेका एक व्यक्तित्वको गरि १९ भाग तयार गरिएको छ। कार्यक्रम बैशाख १ गतेबाट नेपाल टेलिभिजनमा साँझ ७ बजे प्रशारण हुने निर्देशक अधिकारीले जानकारी दिए। अमेरिकामा र क्यानाडामा रहनु भएका सफल ब्यक्तित्वहरुको कथालाई यसरी कार्यक्रम गर्न पाँउदा खुसी लागेको सुमनले बताए।

कार्यक्रमका बारेमा अभिनेता हमालले भने कार्यक्रम राम्रो हुनेमा आफु विश्वस्त रहेको बताए।

उनले भने,‘बिदेशमा रहेर धेरै चुनौती सहेर संघर्षको बाबजुत पनि सफलता हासिल गर्नु भएको छ उहाँहरुले उल्लेख्य सफलता हासिल गर्नु भएको छ, अमेरिकी समाजमा अब्बल रहनु भएको छ । यो कार्यक्रममा उहाँहरुको मेहनत र सफलताको कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।’

बिदेशमा रहेर भोग्नु भएको कथा बाहिर ल्याउनु पर्छ त्यो सबैको लागि प्रेरणा हुन्छ । पहिलो जेनेरेसन जो बिदेश पुग्नु भएको छ, उहाँहरुको कथाले धेरैलाई प्रेरणा पुगोस भन्ने उदेश्यले यो कार्यक्रमको निर्माण गरिएको हमालले बताए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका कलाकार मदनकृष्ण श्रेष्ठले बोल्ने क्रममा भने बिदेशमा गएर सफल हुनु भएको धेरै व्यत्तित्व भेटेको जानकारी दिदै उहाँहरुको सफलताको कथा कामर्यक्रम राम्रो हुने तर्क गरे।

उनले,‘सफल हुनको लागि गर्नु भएको संघर्षका कुरा धेरैलाई देखाउने हुनाले यो कार्यक्रम महत्त्वपुर्ण हुनेछ।’

आजको कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, गोरेटो कन्सल्टेन्सीका निर्देशक धिरज कंडेल,कलाकार जितु नेपालले मन्तव्य राखेका थिए। कार्यक्रम निर्माणको लागी गोरेटो कन्सल्टेन्सी र ट्रेक मि नेपालले बिसेष सहयोग गरेको छ। कार्यक्रममा ज–जसको अन्तर्वार्ता समेटिएको छ उनिहरुलाई सम्मान पनि गरिएको थियो। यस अघि पनि राजेश हमालले विभिन्न कार्यक्रम टेलिभिजनमा प्रस्तोताको रुपमा काम गरेका थिए।

Leave A Reply

Your email address will not be published.