सुचना, समाचार र मनोरन्जन

इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयमा नयाँ भर्ना एवं शैक्षिक उन्नयनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा /

पोखरा महानगरपालिका वडा नम्बर १६ अवस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयमा नयाँ भर्ना एवं शैक्षिक उन्नयनका लागि अन्तरक्रिया तथा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार कृष्णप्रसाद अधिकारी, शोभामोहन पौडेल, होम बहादुर बानिया, मदनबहादुर केसी, सविन जिसी, धर्ममान सिंह भण्डारी र तारा परियारले विद्यालयको शैक्षिक उन्नयनका लागि आफ्ना महत्वपूर्ण राय ,सल्लाह र सुझाव दिएका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे र पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यालयको समग्र शैक्षिक विकासका लागि वडा नम्बर १६ र १९ सदैव तत्पर रहेको कुरा व्यक्त गरेका थिए ।

कार्यक्रमको सन्दर्भ र पृष्ठभूमिका बारेमा विद्यालयका प्रधानाध्यापक केशवप्रसाद अम्गाँईले प्रष्ट पारेका थिए। कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्रीले स्वागत मन्तव्य राखे ।

Leave A Reply

Your email address will not be published.