सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

पोखरा जेसीजको स्वर्ण जयन्ती: झण्डात्तोलन र स्वर्ण स्तम्भ अनावरण

पोखरा जेसीको सचिवालय रानिपौवामा क्रमश नेपालको राष्ट्रिय झण्डा, जेसीजको झण्डा र पोखरा जेसीजको स्वर्ण जयन्ती बिशेष झण्डा मेयर आचार्य, नेपाल जेसीजका अध्यक्ष जेसीआई सिनेटर रविन पोख्रेल र जेसीआईका उपाध्यक्ष जेसीआई सिनेटर कोहे ओएले झण्डात्तोलन गरे।

पोखरा /

पोखरा जेसीजले आफ्नो स्वर्ण जयन्तीको अबसरमा झण्डात्तोलन र स्वर्ण जयन्ती बिशेष स्तम्भ अनावरण कार्यक्रम सम्पन्न गरेको छ।

पोखरा जेसीजको स्थापनाको ५० बर्ष पुगेको अवसरमा अप्रिल ११, २०२४ देखी अप्रिल ११, २०२५ सम्म बार्षिक रूपमा समुदाय लक्षित बिभिन्न कार्यक्रमहरू गरेर मनाउने क्रममा स्वर्ण जयन्ती समारोहको भव्य समारोह पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घघाटन गरेका हुन।

पोखरा जेसीको सचिवालय रानिपौवामा क्रमश नेपालको राष्ट्रिय झण्डा, जेसीजको झण्डा र पोखरा जेसीजको स्वर्ण जयन्ती बिशेष झण्डा मेयर आचार्य, नेपाल जेसीजका अध्यक्ष जेसीआई सिनेटर रविन पोख्रेल र जेसीआईका उपाध्यक्ष जेसीआई सिनेटर कोहे ओएले झण्डात्तोलन गरे।

झण्डोत्तोलन कार्यक्रम पछि मेयर आचार्यले पोखरा जेसीजका संस्थापकहरू, पुर्व अध्यक्षहरू, छिमेकी शाखाका अध्यक्षहरू, पोखरा जेसीजका पुर्व सदस्यहरू र बिभिन्न संघसंस्थाहरूका प्रतिनिधिहरूको उपस्थितिमा पोखरा जेसीजको परिसरमा स्वर्ण जयन्ती बिषेश स्तम्भको अनावरण गरेका थिए।

स्तम्भ अनावरण पछि पोखरा जेसीजको सचिवालयबाट प्रमुख अतिथि, बिशिष्ट अतिथिहरू, पोखरा जेसीजका संस्थापकहरू, पुर्व अध्यक्षहरू र सम्पुर्ण बिशिष्ट पाउनाहरू संमिलित र्यालि कार्यक्रम स्थल रञ्जित ईभेन्ट सेन्टर, रानिपौवामा पुगेको थियो।

कार्यक्रमको उद्घघाटन प्रमुख अतिथि मेयर आचार्य, बिशिष्ट अतिथि जेसीआईका उपाध्यक्ष सिनेटर कोहे ओए र नेपाल जेसीजका अध्यक्ष सिनेटर रविन पोख्रेलले संयुक्त रूपमा पोखरा जेसीजको स्वर्ण जयन्तीको लोगो, पिन र स्वर्ण जयन्ती लोगो अंकित चादीको सिक्का अनावरण गरेर गरेका थिए ।

कार्यक्रममा पोखरा जेसीका संस्थापकहरू र पुर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो। उक्त कार्यक्रममा पोखरा जेसीज स्थापनाकाल देखी बर्तमान सम्मका बिभिन्न महत्वपुर्ण कार्यक्रमहरू, घटनाक्रमहरू, समुदायसंग सहकार्यमा निर्माण गरिएका भौतिक एवं सामाजिक संरचनालाई समेटेर भिडियो प्रतुत गरिएको थियो।

IVF Big

कार्यक्रमलाई संबोधन गर्दै मेयर आचार्यले पोखरा निर्माण र बिकासमा स्थापना काल देखी नै पोखरा जेसीजको महत्वपुर्ण भुमिका रहेको बताए।

कार्यक्रममा जेसीआईका उपाध्यक्ष सिनेटर कोहे ओएले पोखरा साच्चिकै सुन्दर रहेको बताउदै पोखरा जेसीजले निर्माण गरेको ईतिहास साच्चिकै प्रसंशनिय रहेको बताए।

नेपाल जेसीजका अध्यक्ष सिनेटर रविन पोख्रेलले युवाहरूको नेतृत्व र व्यक्तित्व क्षमता बिकासमा पोखरा जेसीजको भुमिका प्रसंशनिय रहेको बताए ।

कार्यक्रममा पोखरा जेसीजका संस्थापक सदस्य तथा पुर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसीजका पुर्व राष्ट्रीय अध्यक्ष सिनेटर हरिकृष्ण बास्तोला, नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष तथा जेसीआईका पुर्व कार्यकारिणी उपाध्यक्ष सिनेटर सन्तोष रिजाल, रोटरी ईन्टरनेशनल डिष्ट्रक ३२९२ का डिष्ट्रक गभर्नर नोमिनि बिनोद कोईराला, लायन्स क्लव ईन्टरनेशनल ३२५ के का डिष्ट्रक गभर्नर सुचित्रा थापा, कपन जेसीजका अध्यक्ष जेसी गायत्रा कुमारी बिसी लगायतले आफ्नो मन्तव्य राखे ।

कार्यक्रममा स्वर्ण जयन्ती समारोहका मुल संयोजक सिनेटर सुवास सिग्देलले स्वागत मन्तव्य सहित बार्षिक कार्यक्रमहरूका बारेमा प्रकास पारे।

पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माले आफ्नो मन्तव्य राख्दै संथापकहरू र पुर्वअध्यक्षहरूको अतुलनीय योगदानले आज पोखरा जेसीजले समाजमा छुट्टै पहिचान बनाएको बताउदै कृतज्ञता व्यक्त गरे।

कार्यक्रममा पोखरा जेसीजका छिमेकी शाखाहरू पोखरा लेडि जेसीज, लेखनाथ जेसीज, वालिङ्ग जेसीज, बाग्लुङ जेसीज, म्याग्दी जेसीज, लमजुङ जेसीज, शुक्लागण्डकी जेसीज, व्यासनगर जेसीज, भानुबन्दिपुर जेसीज, कपन जेसीज लगायत शाखाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा धन्यवाद ज्ञापन उद्घघाटन सत्र समारोहका संयोजक सिनेटरशिव सुवेदीले गरेका थिए भने कार्यक्रमको सञ्चालन पोखरा जेसीजका महासचिव जेसी तिलक प्रसाद लामिछानेले गरेका थिए।

Leave A Reply

Your email address will not be published.