सुचना, समाचार र मनोरन्जन

एसीसी प्रिमियर कप: साउदीलाई हराउँदै नेपाल अपराजितका साथ सेमिफाइनलमा

काठमाडौं /

एसीसी प्रिमियर कप अन्तर्गत नेपालले साउदी अरेबियालाई पराजित गरेको छ।

समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो। गएराती आएको वर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८–८ ओभर खेलाइएको थियो।

Pach Pandav

साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। नेपालका लागि गुलशन झाले सर्वाधिक ३२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए। यस अघि टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो।

यो जितपछि नेपाल समुह ए मा ४ खेलमा चारै खेल जितेर ८ अंकसहित समुह विजेता बनेर सेमिफाइनलमा पुगेको छ। अब नेपालले समुह बि को उपविजेतासँग सेमिफाइनलमा खेल्ने छ।

यो हारसँगै साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ। साउदी अरेबिया पराजित भएसँगै समुह ए बाट हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। सेमिफाइनलमा हङकङले समुह बि को विजेतासँग खेल्ने छ। समुह बि को समुह चरणका अन्तिम खेल पनि आज हुँदै छन्।

Leave A Reply

Your email address will not be published.