काठमाडौं :
केकी अधिकारी अभिनित तथा निर्मित फिल्म ‘बोक्सीको घर’ हलमा तहल्ला पिटिरहेको छ। फिल्मको प्रमोसन पनि नर्मल तरिकाले भएर पनि दर्शकले मन पराइदिए।
फिल्मका लागि प्रकाश सपुतले निर्माण गरिदिएको गीत ‘बुझिन मैले’ले थप चर्चा बटुल्यो। समीक्षा अधिकारीको स्वरमा रहेको यो गीतले फिल्मको चर्चा बढाउन निकै मद्दत ग¥यो।
वितरक कम्पनी टि–फोक फिल्म्सका अनुसार फिल्मले दुई दिनमा दुई करोड १५ लाख रूपैयाँ कमाएको जानकारी दिएको छ। ८ वर्ष अघि मञ्चन गरिएको नाटकलाई अभिनेत्री केकी अधिकारीले निर्माण गरेकी हुन्।
सुलक्षण भारतीले लेखेको र निर्देशन गरेको यो नाटकलाई उनैले फिल्ममा पनि निर्देशकको भुमिका निर्वाह गरेका छन्। यहि फिल्मबाट बाल कलाकार सुपला सापकोटा देखिएकी छन्। उनले जुुनु अधिकारीको क्यारेक्टर गरेकी छन्। युवा अवस्थाको भूमिका भने केकी अधिकारीले निर्वाह गरेकी छन्।
नेपालमा कुनै समय कलिलै उमेरमा विवाह गरेर ज्वाईको घर छोरी चेली पठाउने चलन थियो। कलिलैमा विवाह गरेपछिको यौन तथा मानसिक उत्पीडनमा परेकी बालिका र माइतीलेतेरै घर जा भन्ने खाल्का भावले मन पिरोल्छ। फिल्म हेरुन्जेल भावुक बनाउनुको साथै रुवाउछ पनि । त्यहि महिलाले उमेर छँदै श्रीमान गुमाउदाको पिणमा मानिसले सहयोग गर्नुको साटो बोक्सी भनेर लखेट्दाको कथालाई फिल्ममा छर्लङ्ग निर्देशक भारतीले पारेका छन्।
बोक्सीको घरमा केकी अधिकारी,सुपला सापकोटा लगायत अन्य कलाकारको अभिनय तारिफयोग्य छ। उनीहरुलाई अभिनयमा साथ दिने रमा थपलिया, सुलक्षण भारती, सुस्मा निरौला, जीवन बराल, स्वेच्छा राउत, सविन बास्तोला लगायत पनि उत्कृष्ट रहेका छन्।