सुचना, समाचार र मनोरन्जन

गसिफ आएन भने मलाई तनाव लाग्छ : प्रदीप खड्का

काठमाडौं :

नेपाली कलाकारहरु आफ्नो गसिफ आउँदा रिसाउने गरेका छन्। बलिउड कलाकारहरु गसिफ आउदा खुशी हुन्छन् तर नेपाली कलाकारहरु त्यस्ता छैनन्। यति गसिफ आएको खण्डमा उनीहरु पत्रकारसँग रिसाएर बोलचाल नै बन्द गर्ने गरेका छन्। तर अभिनेता प्रदिप खड्काले भने आफ्नो गसिफ नआउँदा चिन्ता लाग्ने गरेको बताउँछन्।

एक युटुब च्यानलसँगको अन्तरवार्तामा आफ्नो गसिफ आएन भने आफै बनाएर पोष्ट गरुँम कि लाग्ने गरेको बताएका छन्।

Pach Pandav

उनी भन्छन्,‘केहि समय गसिफ आएन भने आफै निकाल्दिम जस्तो हुन्छ के। किन आइरहेको छैन भने जस्तो के?’

उनलाई फेरि कार्यक्रम प्रस्तोताले सोध्छिन्, कुनै त्यस्तो गसिफ छ,तपाईलाई दिग्गै लाग्ने,अहिलेसम्मको यो करियरमा । तपाईको लाइफमा।’

यसको जवाफमा प्रदीपले आफु त्यस्तो चिजबाट डिस्टप नभएको तर्क दिन्छन्। ‘म त त्यस्तो चिजहरुमा डिस्टप हुन्न। सबै चिजलाई मनोरञ्जनका रुपमा लिन्छु,इन्जोइ गर्छु।’

उनले कुनै पनि गसिफले आफुलाई डिस्टप नगरेको बताए। उनका हरेक फिल्ममा कुनै न कुनै अभिनेत्रीसँग नाम जोडिदै आएको छ। गसिफमा अभिनेत्री जसिता गुरुङ,पूजा शर्मादेखि नयाँ हिरोइनसँग उनको नाम जोडिएको आएको थियो। जुन चर्चाका विषयमात्रै बनेका थिए।

Leave A Reply

Your email address will not be published.