सुचना, समाचार र मनोरन्जन

कास्की प्रहरीको हिरासतमा रहेका थुनुवाको नि:शुल्क स्वास्थ्य परीक्षण

शनिबार विहान हिरासतमा रहेका ५८ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

पोखरा /

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेकाहरुको स्वास्थ्य परीक्षण गरिएकॊ छ । शनिबार विहान हिरासतमा रहेका ५८ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना र नेपाल औषधी व्यवसायी संघ कास्कीका साथै पद्म नर्सिङ होम अस्पताल नदिपुर-३ को सहयोगमा निस्शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ कास्की जिल्लाका अध्यक्ष धिरज गौतम, पद्म नर्सिङ होमका संचालक एवं सुपरभाईजर यादव गौतम, वरिष्ठ फिजिसियन डा. सुदर्शन सुवेदी, मेडिकल अफिसर डा. विज्ञान कोइराला, नर्स प्रेम लामिछाने लगातयको मेडिकल टोलीले स्वास्थ्य परीक्षणसहित उचित परामर्शसहित औषधी वितरण गरेको हो ।

कायक्रममा जिल्ला प्रहरी कार्यालय कास्काका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले सहयोग र सहकार्य प्रति औषधी व्यवसायी संघ कास्की र पद्य नर्सिङ होम प्रति आभार प्रकट गरे । सो अबसरमा हिरासतमा रहेका महिला र महिला प्रहरी कर्मचारीहरुलाई समेत निशुल्क सेनेटरी प्याड हस्तान्तरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.