सुचना, समाचार र मनोरन्जन

दुर्गेश थापाले दिए निर्देशक समाजलाई पानी तताउने मेसिन र पंखा

काठमाडौं :

मोडल तथा गायक दुर्गेश थापाले नेपाल म्युजिक भिडियो निर्देशक समाजलाई पानी तताउने मेसिन र पंखा सहयोग गरेका छन्। मंगलबार उनले निर्देशक समाजमा पुगेर उक्त सामाग्री दिएका हुन्।

एक साता अघि म्युजिक भिडियो निर्देशनको क्षेत्रमा आफ्नो पृथक पहिचान स्थापित गर्न सफल बबिता श्रेष्ठ ‘मलेकु’ अध्यक्षमा निर्वाहि भएकी थिइन्। अध्यक्ष श्रेष्ठले नवनिर्वाचित कार्य समितिलाई कार्यालय प्रयोजनको लागि मोडल तथा गायक दुर्गेश थापा र तिब्बतियन गायक पेमा लामाले एक थान तातो पानी तताउने मिसन र एक थान पंख्खा सहयोग स्वरुप उपलब्ध गराएको बताईन्।

उनका अनुसार उनीहरुले समाजको कार्यलय अनामनगरमा नै पुगेर अध्यक्ष बबिता श्रेष्ठ ‘मलेकु’, प्रथम उपाध्यक्ष डिआर सुजन, सचिव प्रविण थापा, सदस्यहरु खमेश श्रेष्ठ, शिशिर बुढाथोकी र कलाकार सुदिप कोईरालाको उपस्थितिमा माथि उल्लेखित सामान हस्तान्तरण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.