काठमाडौं :
सरोज पौडेलको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको रोचक लाइनअपले चर्चा बटुलिरहेको छ। बिहिबार निर्माण टिमले तीन जना कलाकारलाई थपेसँगै चर्चा बटुलेको हो।
अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि मुख्य भूमिकामा विनोद न्यौपाने,भोला राज सापकोटा र देशभक्त खनाललाई अनुबन्ध गरेको छ। निर्माण पक्षले थप तीन कलाकारलाई अनुबन्धित गर्दै फिल्मको छायांकन यसै साताबाट गर्न लागेको जानकारी दिएको छ । विनोद,भोलाका अलवा देशभक्त खनाललाई अनुबन्ध गरेता पनि फिल्ममा उनीहरुको भूमिकाको बारेमा निर्माण पक्षले केहि जानकारी दिएको छैन। उनीहरुको भुमिका कस्तो रहन्छ भन्ने बारे गोप्य राखिएको छ।
यस फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल यसअघि नै अनुबन्धित निर्माण टिमले गरिसकेको छ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा निर्माता विनोद पौडेल रहेका छन्। उनले सोसल–ड्रामा बन्ने फिल्मका मौलिक कथाको एक गहन विषयलाई उठान गर्न लागेको पत्रकारमाझ बताए।
जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको लागि अभिनेता र अन्य को–को कलाकारहरू फाइनल भए निर्माण पक्षले जानकारी दिएको छैन। उनीहरुले अहिलेसम्म अभिनेत्री र अन्य कलाकारका बारेमा गोप्य राख्न चाहेका छन्। सायद उनीहरुले केहि दिनमा नै सार्वजनिक गर्ने बुझिएको छ।
यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । करिव दुई हप्ता अघि फिल्मको नाम र मोसन पोस्टर सार्वजनिक गरेको निर्माण टिमले फिल्मलाई विनोदका अलवा प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता रहेको यस फिल्मलाई महेश दवाडीको पटकथा तथा संवाद रहने निर्माण पक्षले जानकारी दिएको छ। यस फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।