काठमाडौं :
उमेरले ३५ कटेका अभिनेता पल शाह विवाह गर्ने सोचमा रहेका छन्। उनी अभिनित फिल्म ‘पुजार सार्की’प्रदर्शन भइरहेको समयमा आफ्ना फ्यानहरुलाई यसबारेमा जानकारी दिएका छन्। एक अन्तरवार्तामा उनलाई कार्यक्रम प्रस्तोताले विवाह कहिले गर्ने सोचमा हुनुहुन्छ भन्ने प्रश्न गरेकी छन्। उनको जवाफमा पलले हेरिरहेको र कुरा मिलेको खण्डमा विवाह गर्ने सोच रहेको बताएका छन्।
अन्तरवार्ता बिहेको बारे के छ त प्लान भन्ने प्रश्नमा पलले प्रदीप खड्काको बाटोमा हिड्ने बताएका छन्। उनले भने,‘म त प्रदीप खड्काको बाटोमा हिड्ने हो। अस्ति उसले (प्रदीपले) ल है बिग्रेको बाटो नहिड्नु भनेको छ।’ त्यसपछि बाँकी कुरा खुलाएनन्। उनी यतिबेला पूजा शर्माको फिल्म ‘रावायण’मा अभिनय गरिरहेका छन्।