काठमाडौं /
आज मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।
आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्ने एजेन्डा रहेको छ। सोह्रौ पञ्चवर्षीय योजनाको कार्यदिशा र वार्षिक नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट आज सार्वजनिक हुँदैछ। यसका लागि संघीय संसदको संयुक्त बैठक आज १ बजेका लागि बोलाइएको छ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान बजेट पेस गर्ने गरी संघीय संसदको संयुक्त बैठकको कार्यसूची सार्वजनिक गरिएको छ। संयुक्त बैठकमा बजेट पेस भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकहरु बस्नेछन्।