सुचना, समाचार र मनोरन्जन
Sarangi

शेखर कोइरालाको प्रश्न- प्रधानमन्त्री भारत जाने दिनमै राजदूत फिर्ता संयोग कि नियत?

काठमाडौं /

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘लामो घनिष्ठ सम्बन्ध, ब्यापारको झण्डै दुईतिहाई हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदुत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत रु दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन्।’

सरकारले बिहीबार भारत र अमेरिकालगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.