सुचना, समाचार र मनोरन्जन

रुम्जाटारबाट ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु

काठमाडौ :

गायक तथा नायक प्रकाश सपुतको अभिनय रहने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु भएको छ। शनिबारबाट निर्माण टिमले ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट छायांकन थालेको हो।

Pach Pandav

फिल्मको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भि पौडेल दिएका छन्। कलाकारहरूको लाइनअप बलियो रहेको फिल्ममा विजय बराल,प्रकाश सपूत,मुकुन भुसाल,अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ। अञ्जना बराइली यतिबेला तेस्रो हप्तामा प्रदर्शनरत फिल्म ‘पुजार सार्की’का दर्शक भेट्न चितवन पुगेकी छन्। उनी केहि दिनमा नै फिल्म सेटमा जोइन् हुनेछिन्।

यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ। यस्तै यो फिल्मको बालकलाकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ । फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । फिल्ममा उनकै लेखक रहेको छ । सोसल–ड्रामा जनरामा बन्ने फिल्म गन्धर्व परिवारको कथामा आधारित रहनेछ। यस फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहने छ।विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन्। निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

Leave A Reply

Your email address will not be published.