सुचना, समाचार र मनोरन्जन
Sarangi

घनश्याम निर्देशित फिल्म ‘लण्डन टु पेरिस’लाई दर्शकले रुचाए

काठमाडौं :

फरक कथावस्तुमा निर्माण भएको फिल्म ‘लण्डन टु पेरिस’लाई दर्शकले रुचाएका छन्। शुक्रबारबाट हलमा लागेको यो फिल्मलाई अधिकांश हलमा उत्साहजनक रुपमा दर्शकको भिड लागेको छ। बिहीबार साँझ ग्राण्ड प्रिमियरमा उपस्थित भएका सेलिब्रेटी तथा पत्रकारले फिल्मलाई उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए। सेलिबेटीको उल्लेख्य रुपमा सहभागी रहेको थियो। शुक्रबार र आज शनिबार दर्शक हलमा भरिभराउ रहेको देखिन्छ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह,निश्चल खड्का,कबीर खड्का,गरिमा शर्मा लगायतको मुख्य भुमिका रहेको छ। घनश्याम लामिछाने निर्देशित फिल्मले ट्राभल लभस्टोरीको कथामा निर्माण भएको फिल्मलाई रुचाएका हुन्। फिल्मको कति कलेक्सन भयो भन्ने कुरामा निर्माण पक्षले खुलाएका छैनन्। घनश्यामले यस अघि फिल्म ‘चित्रा’निर्देशन गरेका थिए। जुन फिल्मले दर्शकमाझ राम्रै छाप छोडेको थियो। फिल्मलाई पछिल्लो समयका चर्चित तथा व्यस्त प्रदीप भारद्वाजले लेखेका हुन्। उनका अनुसार यो फिल्ममा प्राविधिक रुपमा केही तलमाथि भए पनि ‘लण्डन टु पेरिस’ राम्रो बनेको प्रतिक्रिया दिएका छन्। यस अघि उनको फिल्म ‘हात्तीछाप’प्रदर्शनमा आएको थियो।

निर्देशक लामिछानेका अनुसार यो फिल्मले नेपालीपनलाई बोकेको छ। यहि फिल्मबाट डेब्यु गरेकी गरिमा शर्माले आफ्नो भुमिकाको बारेमा चर्चा गरेकी छन्। उनले दर्शकबाट सानो पर्दामा दर्शकको माया पाए जसरी ठूलो पर्दामा पनि पाउने अपेक्षा गरेको बताईन्। पत्रकारसँगको कुराकानीमा उनले भनिन्,‘आफूले दिन सक्ने सतप्रतिशत काम दिने प्रयास गरेको छु, नयाँ छु, सिक्दै जानेछु, आगामी दिनमा अझ सुधार्ने प्रयास गर्नेछु ।’
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

यस फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन रहेको छ। इस फिल्मका मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन्। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको यो फिल्ममा सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन रहेको छ।

Leave A Reply

Your email address will not be published.