काठमाडौं :
लामो समय प्रेम सम्बन्धमा रहेर चर्चा कमाएका अभिनेता सौगात मल्ल र श्रृष्टि श्रेष्ठबीच राम्रै दरार आएको थियो। उनीहरुबीच गत मंसिरमा नै विवाह गर्ने चर्चा चलेको थियो। तर अचानक उनीहरुबीच सम्बन्धमा चिरा प¥यो। उनीहरुबीच बोलचाल नै बन्द भयो।
लकडाउनमा सँगै बसेका उनीहरुको परिवारका सदस्यले अनपनाएको कारणले विवाह भाँडिएको समाचार समेत आएको थियो। तर यकिन कसैले गरेका थिएनन्। गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘हात्तीछाप’को प्रमोसनका बेला श्रृष्टिसँगको ब्रेकअफ भएको कुरा सुनाएका थिए। उनीहरुबीचको दरारले राम्रै समाचार बनेका थिए।
उनीहरुबीचको ब्रेकअप धेरै समय लम्बिन सकेन। उनीहरुलाई पछिल्लो फिल्म ‘भाइरल गोर्खे’ले एक जुट बनाएको छ। उनीहरु यतिबेला यहि फिल्मको वर्कसपमा बसेका छन्। आइतबार अभिनेता सौगात मल्लले अभिनेत्री सृष्टि श्रेष्ठ स्क्रिप्टमा छलफल गरिरहेको एक तस्विर सार्वजनिक गरेका छन्। ब्रेकअपपछि पहिलोपटक उनीहरुले यो फिल्ममा एकसाथ काम गर्न लागेका हुन्। जे होस् टुटेको सम्बन्ध मिलेकोमा दुवैलाई बधाई तथा शुभकामना।