सुचना, समाचार र मनोरन्जन
Sarangi

पाश्र्वचित्रद्वारा भरतपुरबाट वैदेशिक रोजगारीमा जानेको तथ्यांक सार्वजनिक

चितवन/

पाश्र्वचित्रले गरेको एक अनुसन्धानमा भरतपुर महानगरपालिका भित्रका ३४ हजार ५०८ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ ।

महानगभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा छन ।

जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मङ्गलबार यहाँ आयोजना गरेको अन्तरक्रियामा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । हाल ३० हजार ५५५ जना विदेशमा रहेका र ११ हजार २३१ जना नेपाल फर्किएका छन् ।

हेविटासका कार्यक्रम संयोजक उमा पौडेलका अनुसार महानगरपालिकाबाट वैदेशिक रोजगारीमा गएकामध्ये ७६.१२ प्रतिशत पुरुष र २३.८८ प्रतिशत महिला छन् ।

वैदेशिक रोजगारीमा जाने सबैभन्दा धेरै ब्राह्मण-क्षेत्री परिवारका छन् । ब्राह्मण-क्षेत्री १७ हजार ५६५ जना वैदेशिक रोजगारीमा गएको कार्यपत्र प्रस्तुत गर्दै उनले आदिवासी, जनजाति (पहाडी) आठ हजार ५७२ जना, आदिवासी जनजाति (मधेसी) एक हजार ७२ जना, अरु दलित समुदाय र अन्य समुदायका रहेका जानकारी दिएकी छिन ।

Leave A Reply

Your email address will not be published.