काठमाडौँ :
यहीँ कात्तिक २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’मा समावेश गीत ‘राजा चाहिया छ’ रिलिज भएको छ। निर्माण टिमले फिल्म प्रदर्शनको एक साताअघि रिलिज गरेका हुन्। यस फिल्मको गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वरले गाएका छन्।
सशी शर्मा मजगैैँयाको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको छ। गीतले घरजम गर्नका लागि एक उपयुक्त युवक चाहिएको विषय उजागर गर्छ। क्यासिनोमा नाच्ने हट एन्ड ब्युटी युवतीले आफूलाई एक असल युवक चाहिएको बताइरहेको प्रसंगको सेरोफेरोमा गीत बनाइएको छ। गीतको भिडियोमा इभा गिरीको नृत्य छ। उनको बोल्ड नृत्यमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले साथ दिएका छन्।

बसन्त निरौलाले निर्देशन गरेको यो फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायतका कलाकारले अभिनय गरेका छन्। काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल लगायतको पनि अभिनय देख्न सकिने छ।
यस फिल्मको कथा, पटकथा तथा संवाद रंगपत्रकार सुशील पौडेलले लेखेका हुन्। उनले मिडियाकर्मीसँग आफ्नो यो फिल्म ‘सोसल ड्रामा’ भएको जानकारी दिएका छन्। महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने यो फिल्ममको प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। साथै लगानी काली रानी श्रेष्ठले गरेकी छन्। श्याम तामाङले खिचेको यो फिल्ममा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन्। गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ।
फिल्ममा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरको काम गरेका छन्। डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने यो फिल्मलाई आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ।