सुचना, समाचार र मनोरन्जन

‘जलाकी’ को ट्रेलर सार्वजनिक : उपासना र सोनमको जोडीदेखि मिस सिक्किमको डेब्युसम्म चर्चामा

काठमाडौँ :

‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ललितपुरको लबिम मलमा एक विशेष कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीक मानिने ढुङ्गाको स्तम्भ (जलाकी)लाई केन्द्रमा राखिएको यो फिल्मको कथा भनिएको बुझिन्छ। साथै कलेज जीवनको प्रेमकथा र समयसँगै पात्रहरूको जीवनमा आउने भावनात्मक उतारचढावलाई कलात्मक रूपमा प्रस्तुत गरिएको ट्रेलरमा देखिन्छ।

Pach Pandav

फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनम तोप्देन मुख्य भूमिकामा रहेको देखिएका छन्। उपासना र सोनमसँगै चलचित्रमा शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु),लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर,दुइसाङ थिनले,विजय लामाको पनि अभियन रहेको छ भने बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरले आफ्नो कला प्रस्तुत गरेका छन्।

यस फिल्ममा ‘मिस सिक्किम’ को उपाधि जितेकी साहारा हाङमा लिम्बूले यही फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गरेकी छिन्,जसले दर्शकमा थप कौतूहल जगाएको छ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ममा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकीले निर्माण गरेका हुन् भने गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले यसको वितरणको जिम्मा लिएका छन्। यसअघि यो फिल्ममा समावेश गीत ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ रिलिज भएको थिए। जुन गीतहरूले दर्शकमाझ राम्रो चर्चा बटुलिसकेका छन्।

Leave A Reply

Your email address will not be published.