सुचना, समाचार र मनोरन्जन

‘बाटुलो जून’को शीर्ष गीत रिलिज: भुवन केसीसँगै गरिमा पन्तको कमब्याक सरप्राइज

काठमाडौं :

यहि कार्तिक २६ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएको छ। निर्माण कम्पनि सनराइज पिक्चर्सले फिल्मको ‘शीर्ष’ गीत शुक्रबार युट्युब रिलिज गरेको हो।

Pach Pandav

फिल्मको नाम सम्बोधन गर्ने ‘बाटुलो जून’शिर्षकको गीतमा प्रमुख कलाकार अभिनेता अनमोल केसी,अभिनेत्री प्रिन्सी खतिवडासँगै निर्देशक समेत रहेका अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्तसमेत फिचर्ड छन्। यसअघि सार्वजनिक प्रचार सामग्रीमा निर्माण टिमले भुवन केसीलाई देखाए पनि गरिमा पन्तलाई भने लुकाइराखेको थियो। पछिल्लो समय नेपालबाहिर रहँदै आएकी गरिमाको लागि यो कमब्याक फिल्म हो।

जिया केसी र भविष्य खड्का निर्माता रहेको ‘बाटुलो जून’मा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेलसमेत अभिनयमा छन् । विवेक थापा फिल्मका सह- निर्माता हुन् ।

सार्वजनिक गीतमा राम अविरल बिष्टको शब्दमा एसडी योगी र सानु सुनारको स्वर सुन्न सकिन्छ। संगीत संयोजनको काम पनि गायक रहेका योगीले नै गरेका छन्। नृत्य निर्देशक कविराज गहतराजले गीतको शब्द र संगीतको संयोजनमा कलाकारहरूलाई आकर्षक रूपमा भिडियोमा चित्रण गरेका छन्। कृष्ण भण्डारी सम्पादक रहेको फिल्म लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन् । फिल्ममा पार्श्व संगीत रोमन बज्राचार्यको छ भने प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक छन् ।

Leave A Reply

Your email address will not be published.