सुचना, समाचार र मनोरन्जन
Sarangi

फिल्म ‘दान्भी’ मेरो लागि रिस्क फ्याक्टर नै हो : पूजा शर्मा

काठमाडौं :

लभस्टोरी फिल्ममा अभिनय गरेर चम्किएकी अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा प्रस्तुत हुँदैछिन्। यही असार ७ गतेदेखि दर्शकमाझ आउन लागेको फिल्ममा उनी एक्सन भुमिका निवार्ह गरेकी छन्। जुन उनको करियरमा पहिलोपटक एक्सन फिल्म हो। यो फिल्मका लागि उनले झण्डै एक महिना फाइटको प्रशिक्षण लिइन्।

बुधबार पत्रकारसँगको कुराकानीमा उनले भनिन,‘दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो । किनभने मैले यो जनरामा काम नै गरिनँ। सधैं प्रेमकथाको मात्र फिल्म गर्नुभन्दा एउटा फरक काम गरौं न भनेर मैले दान्भी गरेकी हुँ। यो फिल्म गर्दा मैले विशेषत एक्सन सिक्न पाएँ। ममा एक्सनको ज्ञान शुन्य नै थियो । तर दान्भीको कामले धेरै कुरा सिकायो।’

पुजाले एक्सन फिल्मबारे जे सोचेकी थिइन्, त्यो भन्दा धेरै गाह्रो अनुभव उनलाई ‘दान्भी’मा भएको छ । उनको बुझाईमा अहिलेसम्म गाह्रो र मेहनत गरेको फिल्म उनका लागि ‘दान्भी’ नै हो ।

‘यो एक्सन फिल्म नै हो । फिल्म हेरेपछि दर्शकले ओहो भन्नुहुन्छ । हामीले अहिलेसम्म हेरिरहेका एक्सन भन्दा फरक एक्सन यो फिल्ममा हेर्न पाइनेछ । एक्सन भन्ने बित्तिकै उडिहाल्ने भन्ने हुन्छ । तर यसमा प्राक्टिकल एक्सन छ,’ उनले भनिन् ।

पुजा अभिनेत्री रेखा थापाको एक्सनबाट प्रभावित छिन् । उनको बुझाईमा रेखापछि कोही अभिनेत्रीले एक्सनमा आफूलाई देखाएका छैनन् ।

‘केटी मान्छेले कस्तो एक्सन गर्दोरहेछ भनेर दर्शकलाई फ्रेसनेस हुन्छ । मैले आफ्नो फिल्म बनाउँदा त्यति धेरै प्रतिक्रिया आएको थिएन, जति दान्भीमा आएको छ । किनभने एउटा केटीले एक्सन गरिरहेको छ, त्यसले मान्छेलाई नोटिस गरेको रहेछ’, पुजाको दाबी छ ।
पुजाका अनुसार उनलाई ‘दान्भी’को एक्सन पाटोले मात्र फिल्ममा काम गर्न प्रेरित गरेको रहेछ ।

‘यो फिल्म लभस्टोरी फ्लेभरको भए म गर्दिन थिएँ । सुरुमा ठूला कलाकार ल्याएर गेष्ट अपेरियन्समा एक्सन गर्ने भन्ने थियो । तर म आफैंले गर्ने निर्णय लिएँ । किनभने दर्शकले विराज दाईदेखि अन्य अभिनेताको एक्सन हेरिसकेका छन् । त्यसकारण विराज दाई भन्दा पनि केटीले नै गरौं न भन्ने भयो र मैले गर्ने निर्णय लिएँ । निर्देशकले पनि केटीले नै एक्सन गर्नुपर्छ भन्ने भएपछि कुरा मिल्यो’, पुजा भन्छिन् ।

उनले फिल्मका लागि द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक महिना अभ्यास गरिन् । उनका अनुसार उनले फिल्मका लागि सुटिङ स्थलमा १५ दिनसम्म निरन्तर एक्सन गरिरहिन् ।

फिल्मको टिजर र ट्रेलर रिलिज भएपछि विशेषत उनको एक्सन अवतारको जति तारिफ भयो, आलोचना अथवा खिसिट्युरी पनि उत्तिकै भयो । आफ्नो कामले आलोचना पाउँदा उनी केही दुःखी पनि बनिन् । ‘यो गन अनमोल केसी, पल शाह, प्रदीप खड्काले बोकेको भए त्यो कामको तारिफ हुन्थ्यो होला । नेपालमा यस्तो गर्यो भन्ने हुन्थ्यो ।

तर एउटा केटीले बोक्दा ‘गन बोक्न पनि आएन’, ‘गन बोकेको एक्सप्रेसन भएन’ भन्ने सुनें । मैले गन बोकेको छु, म गनसँग डराउने होइन नि त खासमा । मैले अरुलाई हानेको छु। म गनसँग इजी हुनु हो नि । तर मान्छेले बुझ्दा गन बोकेको छ एक्सप्रेसन छैन मात्र भने’, पुजाको बुझाई छ।

भविष्यमा पनि एक्सन फिल्ममा देखिने वा नदेखिने भन्ने कुरा ‘दान्भी’ रिलिज पछिको प्रतिक्रियाले टुंगो लगाउने पुजाको बुझाई छ । ‘मलाई दर्शकले एक्सनमा रुचाए भने म अवश्य गर्छु । अहिले मलाई एक्सन मुभीकै अफरहरु आइरहेको छ । दान्भीको प्रतिक्रिया नआइकन म अरु एक्सन फिल्मको कुरै गर्दिनँ’, उनी भन्छिन् ।

Leave A Reply

Your email address will not be published.