सुचना, समाचार र मनोरन्जन
Sarangi

अन्तरजातीय प्रेमकथामा निर्मित फिल्म ‘ईश्वर’ ट्रेलर रिलिज

काठमाडौं :

अन्तरजातिय कथामा आधारित फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटलबाट फिल्मको ट्रेलर रिलिज गरिएको हो। ट्रेलरमा आफ्नो कुलभन्दा बाहिरको युवायुवती प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ।

राजु गिरीको निर्देशनमा तयार भएको फिल्मको ट्रेलरमा अन्तरजातीय प्रेमकथालाई उठान गर्न खोजेको प्रष्ट हुन्छ। ट्रेलरमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङलगायतका कलाकारले अभिनय गरेका छन्।

दिव्या कंगना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको निर्माण छ। लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय रहेको छ । यहि फिल्मबाट अभिनेत्री अनु शाहले पाँच वर्षपछि अभिनयमा कमब्याक गरेकी छन्। उनको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘पसिना’ हो। फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।

रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । साउन ११ मा रिलिज हुने तयारीमा रहेको यो फिल्मलाई वितरणको जिम्मा आरआर फिल्मस्ले गर्दैछ ।

Leave A Reply

Your email address will not be published.