सुचना, समाचार र मनोरन्जन

‘सतीदेवी’को पहिलो गीतले भावुक बनायो दर्शक

काठमाडौं :

रंगपत्रकार तथा लेखक लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को पहिलो गीत सार्वजनिक भएको छ । यस फिल्ममा समावेश ‘लैजा दैव फिर्ता लैजा’ बोलको गीत सार्वजनिक गरिएको हो।

Pach Pandav

गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री मलिका महतको पीडा र वेदनालाई पोखिएको छ। फिल्मको गीतमा निर्देशक सुवेदीकै शब्द रचना रहेको छ भने संगीत सुभाष भुसालको छ। साथै गीतमा ममता गुरुङको स्वर छ । यस गीतको एरेन्जर भने पुरुषोत्तम सुवेदी हुन्। यस अघि निर्माण टिमले फिल्मको पोस्टर र टिजर सार्वजनिक गरेको थियो। फिल्मको पोस्टटरले भन्दा पनि टिजरले दर्शकको ध्यान खिचेको थियो।

निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्ममा विशाल सुवेदी र श्रीदेवी सुवेदी निर्माता रहेको फिल्मले वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको छ। यस फिल्ममा मलिकासहित रमेश बुढाथोकी,सन्दीपबाबु लोहनी, सृजना अधिकारी, हर्षिका वली, मञ्जिला बानियाँ, कुलदीप अधिकारी, भोला सापकोटा, सुजिता सिवाकोटी,मनिषा सापकोटा, सन्देश लिम्बू आदिले अभिनय गरेका छन्।

Leave A Reply

Your email address will not be published.