सुचना, समाचार र मनोरन्जन
Sarangi

नेपाल आइडलको सिजन ५को विजेता बने करण परियार

काठमाडौं :

नेपाल आइडलको सिजन ५को विजेता बर्दियाका करण परियार बनेका छन्। शनिबार भएको ग्राण्ड फिनालेमा परियारलाई विजेता घोषणा गरिएको हो। उनी विजेता बनेसँगै २५ लाख नगद सहित विभिन्न उपहार प्राप्त गरेका छन्।

ग्राण्ड फिनालेमा फस्ट रनरअफ सलोमी गुरुङलाई घोषणा गरियो। उनले ट्रफी सहित नगद १० लाख प्राप्त गरेकी छन्। सेकेण्ड रनरअफ सचिन विश्वकर्मा रहेका थिए। उनले ५ लाखको चेक हात पार्नुका साथै थुप्रै उपहारहरु प्राप्त गरेका छन्। शोबाट मनिष भुजेल आउट भएका छन्।

हरेक शुक्रबार साँझ ८ः३० बजे एपिवान टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालिटी शो सात प्रदेशका आठ सहरमा अडिसन भएको थियो । शोको जजका रुपमा न्य्हू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा रहेका छन् भने कार्यक्रमलाई आशिफ शाह र रीमा विश्वकर्माले सन्चालन गरेका थिए। चार महिना अघि एपिवान टेलिभिजनमार्फत गायन रियालिटी शो नेपाल आइडलको पाँचौँ संस्करण सुरु भएको थियो।

Leave A Reply

Your email address will not be published.