सुचना, समाचार र मनोरन्जन

प्रदीप र पलको ‘उही तिम्रो’मा सिम्रन हिरोइन

काठमाडौं :

पल शाह र प्रदीप खड्कालाई लिएर कृषा चौलागाईंले फिल्म ‘उही तिम्रो’निर्माण गर्ने भएकी छन्। शुक्रबार निर्माण फिल्मको फिल्मको शुभ मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो। प्रदीप र पलले यसअघि फिल्म‘पूजार सार्की’मा सहकार्य गरेका थिए। यो उनीहरुको दोस्रो सहकार्य हो। यस फिल्मलाई केपी फिल्म्स र पुरुषोत्तम फिल्म्सको व्यानरले निर्माण गर्न लागेको हो।

Pach Pandav

फिल्ममा पल शाह र प्रदीप खड्काको साथमा सिम्रन पन्त,जुना विश्वकर्माको पनि मुख्य भुमिका रहने छ। अन्य कलाकारमा लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना, सुरज तमुको पनि अभिनय रहने छ। आगामी मङ्सिरको पहिलो साताबाट म्याग्दीबाट फिल्मको छायांकन थाल्ने निर्माण पक्षको भनाई छ। म्याग्दीका अलवा काभ्रेको बनेपामा पनि फिल्मलाई खिचिने निर्देशक कृषा चौलागाईले जानकारी दिइन। उनका अनुसार फिल्मको कथा तथा संवाद अभिमन्यु निरविले लेखेका हुन।

पुरुषोत्तम प्रधानले खिच्ने यो फिल्ममा निर्माता विशाल चौलागाईं हुन्। फिल्मको फाइनान्स म्यानेजर सविन ढुङ्गाना रहने छन् भने प्रोडक्सन म्यानेजर रविन बख्रेल रहेका छन्। सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहने फिल्ममा मुख्य सहायक निर्देशक वसन्त अधिकारी रहने छन् । आर आर फिल्म्सले वितरण गर्ने फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ रहने छन्। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहने छ। निर्माण पक्षको अनुसार यो फिल्म आगामी नयाँ वर्षमा प्रदर्शन गरिने छ।

Leave A Reply

Your email address will not be published.