सुचना, समाचार र मनोरन्जन

‘जलाकी’मा उपासना र सोनमको प्रेम, सार्वजनिक भयो ‘पहिलो माया’

काठमाडौँ :

पछिल्लो समय चर्चामा रहेका दुईकलाकार हुन् उपनासना सिंह ठकुरी र सोनम तोप्देन। उनीहरुको चर्चा आगामी मंसिर ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जलाकी’को अर्को रोमान्टिक गीत ‘पहिलो माया’पनि सार्वजनिक भएको छ।

शुक्रबार सरित रायनको संगीत र कम्पोज, राम अबिरल बिष्टको शब्द रचनाको गीतलाई रिलिज गरिएको हो। गीतमा रोहित सोनार र मेलिना राईले गाएका छन्। फिल्मका मुख्य कलाकारहरु उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, राजु रेग्मी मगर,अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु र दीपिका मगर प्रस्तुत भएको यो गीतको भिडियोले प्रेमी र प्रेमिका बीचको गहिरो प्रेम र आकर्षणमा आधारित छ।

Pach Pandav

‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित यस फिल्ममा उपासना सिंह ठकुरी,सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ,राजु रेग्मी मगर,उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामाको अभिनय छ । साथै बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन्। यहीँ फिल्मबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन्।

मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जलानीका रुपमा परिभाषित गरिन्छ। निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा सिनेमामा प्रस्तुत गरिएको बताए। एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना),मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्। फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.