सुचना, समाचार र मनोरन्जन

भरिपुर्ण राईले गाइन् ‘सुनाखरी फूलसरी’

काठमाडौं :

बाल्यकालबाटै गायनमा रुचि भएकी भरिपुर्ण राईले आफ्नो पहिलो कोसेली ‘सुनाखरी फूलसरी’बोलको गीत दर्शकमाझ लिएर आएकी छन्। सुरिलो स्वरकी धनि गायिका भरिपुर्णले गजेन्द्र राईको शब्द रचनामा आधुनिक गीत ‘सुनाखरी’ दर्शकमाझ लिएर आएकी हुन्।

Pach Pandav

गीतमा मनोज सामसुङ राईको संगीत तथा एरेन्ज रहेको यस गीतलाई लगानी कर्म शेर्पाले गरेका छन्। एसएलएम अफिसिसियल युटुब च्यानलको यो गीत चौथो प्रस्तुती हो। यो गीतको भिडियो यहि च्यानलमार्फत युटुबमा अपलोड भएको छ। गीतको भिडियोमा गायिका आफै प्रस्तुत भएकी छन्। काठमाडौंको अनामनगरस्थित ‘किङ्ग स्टुडियो’मा रेकर्ड भएको गीतको भिडियो पनि त्यहि खिचिएको छ।

Leave A Reply

Your email address will not be published.